चीनमा फेरि अर्को महामारीको खतरा : ब्युबोनिक प्लेग फैलिन थालेपछि चेतावनी जारी


SHARES

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट संसारभर लाखौँ मानिसले ज्यान गुमाएको समयमा चीनमा फेरि अर्को महामारीको खतरा देखिएको छ । ब्युबोनिक प्लेग फैलिदो क्रममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो रोगबाट यसअघि पनि लाखौँ व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

पहिलो पटक यसले ५ करोड, दोस्रो पटक युरोपको एक तिहाइ जनसंख्या र तेस्रो पटक ८० हजार जनाको ज्यान गएको थियो । अहिले फेरि चीनमा यो रोगको संक्रमण देखिएको छ ।

यो बिरामीको नाम ब्युबोनिक प्लेग हो । उत्तरी चीनका विभिन्न अस्पतालमा यो रोगका संक्रमित फेला परेपछि उच्च सतर्कता जारी गरिएको छ । मंगोलिया स्वायत्त क्षेत्र र बयन्नुरमा प्लेगको संक्रमण फेला परेको बिबिसीले जनाएको छ ।

चाइना डेलीका अनुसार स्थानीय स्वास्थ्य विभागले तेस्रो स्तरको चेतावनी जारी गरेको छ । यो चेतावनी सन् २०२०को अन्तिमसम्म रहनेछ ।

यो बिरामी जंगली मुसामा पाइने ब्याक्टेरियाबाट फैलिने गर्छ । यो ब्याक्टेरियाको नाम एर्सिनिया पेस्टिस ब्याक्ट्रेरियम हो । यो ब्याक्टेरियाले लिम्फनोड, रगत र फोक्सोमा हमला गर्छ । यो रोग लागेपछि हात कालो हुँदै जान्छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV