अविरल वर्षाले बेँसीशहर–चामे सडक अवरुद्ध


SHARES

लमजुङ । अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ ।

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति करीब १ बजे सडकमाथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिरो खस्दा २०/२५ मिटर सडक पुरिएको सडक डिभिजन कार्यालय दमौलीका सबइञ्जिनीयर सुमन अधिकारीले बताए ।

उनले भने, आज बिहान ७ बजेदेखि एक्साभेक्टरले पहिरो हटाउने काम भए पनि ठूल्ठूला ढुङ्गासहितको पहिरो रहेकाले हटाउन मुश्किल भइरहेको छ ।’ कतिबेलासम्म पहिरो पन्छाउन सकिने यकिन गर्न नसकिए पनि कम्तीमा अपराह्न १÷२ बजेसम्म लाग्ने उनको भनाइ छ ।

पहिराले सडक अवरुद्ध बनाएपछि कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्दा रोकिएका छन् । अविरल वर्षा भएका बेला कुनै पनि समयमा सडकका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाउन सक्ने उच्च सम्भावना छ ।

यसअघि गत महिनामा मात्र दुई पटक सडक अवरुद्ध भइसकेको छ । त्यस्तै वर्षेनी वर्षायाममा पटक पटक पहिराले ६५ किमीको सो सडक अवरुद्ध बनाउँदै आएको छ । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV