पछिल्लो २४ घन्टामा कोरोना संक्रमित अहिलेसम्मकै धेरै : मृत्यु हुनेको संख्या पनि बढ्यो (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा संक्रमितको संख्या २ लाख ७ हजार ७ सय ५२ पुगेको छ । यसअघि एक पटकमात्र २ लाख ९ हजार पुगेको थियो । यो संख्या दोस्रो पटक अहिलेसम्मकै धेरै हो ।

दुई दिनअघि भने संक्रमितको संख्या १ लाख ७० हजार थियो । एकदिनमा झण्डै ३७ हजार भन्दा धेरै संक्रमित फेला परेका छन् । अमेरिका, ब्राजिल, भारत, दक्षिण अफ्रिका, रसिया र मेक्सिकोमा संक्रमितहरु ह्वात्तै बढेका छन् ।

मृत्यु हुनेको संख्या पनि अघिल्लो दिनको तुलनामा झण्डै २ हजारले बढेको छ । दुई दिनअघि ३ हजार ५ सय ७३ जनाले ज्यान गुमाएकामा पछिल्लो २४ घन्टामा ५ हजार ५ सय १२ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै ब्राजिलमा १ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितहरुमा अमेरिकामा सबैभन्दा धेरै ५५ हजार ४ सय ४२, ब्राजिलमा ४८ हजार ५ सय ८४ र भारतमा २३ हजार १ सय ३५ जना संक्रमित थपिएका छन् । रसियामा ६ हजार ३ सय ६८, पेरुमा ३ हजार ५ सय ७५, चिलीमा २ हजार ४ सय ६२, साउथ अफ्रिकामा १० हजार १ सय ३४ र मेक्सिकोमा ४ हजार ९ सय २ जना संक्रमित थपिएका छन् ।

अन्य देशमा कति ?

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV