कोरोना भाइरसविरुद्धको खोपमा चीन संसारमै अगाडि


SHARES

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप बनाउने दौडमा चीन संसारमै अगाडि देखिएको छ । चिनियाँ कम्पनी बायोटेकले तयार पारेको कोरोनाविरुद्धको खोप जुलाइको अन्तिममा अन्तिम चरणको परीक्षणमा छ । यो अहिलेसम्म संसारमै सबैभन्दा प्रगति भएको भ्याक्सिन भएको रोयटर्सले जनाएको छ ।

यसअघि नै एउटा चिनियाँ भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छ । तेस्रो चरणमा प्रवेश गर्ने तीनमध्ये दुईवटा चीनका छन् । चीनले जनमुक्ति सेना, राज्यका विभिन्न अनुसन्धान निकाय र निजी क्षेत्रलाई पनि एकसाथ खोप निर्माणमा लगाएको छ ।

अमेरिकासहित दर्जनौँ देशले खोप निर्माणमा काम गरिरहेका छन् । कोप निर्माणको दौडमा चीन सबैभन्दा अगाडि देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खोप उत्पादनका लागि पनि आवश्यक भौतिक पूर्वाधार निर्माणमा पनि चीनले राम्रो प्रगति गरेको छ ।

संसारमा अहिले निर्माणको क्रममा रहेका १९ खोपमध्ये चीनका ८ वटा रहेका छन् । चीनले इन्एक्टिभेटेस भ्याक्सिन टेक्नोलोजीको प्रयोग गरेको छ भने पश्चिमाहरुले मेसेन्जर आरुएनए नामको प्रविधिको प्रयोग गरेका छन् ।

सिनोभेकले एक, चाइना नेशनल बायोटेकले दुई र चाइना नेशनल फार्मा सिनोफार्मले एउटा खोप मानव परीक्षण गरिरहेका छन् । तेस्रो चरणको क्लिनिकल परीक्षणमा चीनका दुई र अक्सफोर्ड विश्वविद्यालयको एउटा खोप रहेका छन् ।

चिनियाँ जनमुक्ति सेनाले बनाएको कोरोनाविरुद्ध खोप पहिलो पटक पिएलएका प्रमुख वैज्ञानिक चेन वीले नै प्रयोग गरेका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV