भारतीय हाँस्य कलाकार जगदिपको निधन


SHARES

एजेन्सी । भारतीय हास्य कलाकार जगदिपको निधन भएको छ ।

क्यान्सर रोगले पीडित ८१ वर्षीय जगदिपको बुधबार राती मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय बिबिसीले जनाएको छ ।

उनका पारिवारिक मित्र तथा फिल्म निर्माता महमुद अलीले आज विहान ११ बजे अन्त्येष्टि गरिने जानकारी दिएका छन ।

२९ मार्च १९३९ मा जन्मिएका जगदिपले करिब ४०० वटा फिल्ममा काम गरिसकेका छन ।

भारतीय फिल्मी क्षेत्रका चर्चित कलाकार जावेद जाफरी र नावदे जाफरी उनका छोरा हुन ।

सन १९५१ मा बिआर चोपडाको अफसाना फिल्ममा बाल कलाकारको रुपमा काम गरी आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए ।

बास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी रहेका जगदीप फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले बलिउडमा चर्चित बनेका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV