कसैले बर्दीमा दाग लगाउने कोसिस गरे निर्मम कारबाही हुन्छ : महानिरीक्षक क्षेत्री


SHARES

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षण शैलेश थापा क्षेत्रीले प्रहरीको बर्दीमा दाग लगाउने कोसिस गरे निर्मम रुपमा कारवाही गर्ने बताएका छन् ।

बिहीबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा महानिरीक्षण क्षेत्रीले नेपाल प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएकाले प्रहरी संगठनमा कसैले कानुन उल्लंघन गर्ने कोसिस गरे निर्मम रुपमा कारबाहीमा उत्रिने प्रतिवद्धता जनाएका हुन् ।

‘हामी कानुन कार्यान्वयन गर्ने निकाय हौं, कानुन उल्लंघन गर्ने निकायको रुपमा रुपान्तरण हुन कुनै पनि हालतमा हुँदैन्,’ महानिरीक्षक क्षेत्रीले भने, ‘कसैले पनि बर्दीमा दाग लगाउने कोसिस गर्छ भने उसमाथि निर्मम रुपमा कारवाही प्रक्रिया अगाडि बढाउँछौं ।’

उनले संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सीमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्ने बताए ।

‘प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ । यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ,’ महानिरीक्षक क्षेत्रीले भने, ‘मेरो सफलता वा असफलता भनेको यिनै कुराहरुको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरो पुरा तागत यसमा लगाउने वाचा गर्दछु ।’

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपछि नवनियुक्त महानिरीक्षक थापा क्षेत्रीले बिहीबारै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV