कर्णालीमा प्रदेशमा थपिए ११ कोरोना संक्रमित


SHARES

सुर्खेत । कर्णाली प्रदेशमा बिहीबार ११ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सुर्खेतका पाँच, रुकुमपश्चिमका चार, दैलेख र जाजरकोटका एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का तीनजना, वडा नम्बर ७ र १२ का एक/एकजना रहेका छन् ।

त्यस्तै, रुकुमपश्चिमको चौरजहारी नगरपालिका–५ का एकजना, वडा नम्बर ९ का तीनजना, दैलेखको दुल्लु नगरपालिक–५ र जाजरकोटको भेरी नगरपालिका–६ का एक/एक जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ५६१ जना पुगेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV