सिन्धुपाल्चोक पहिरोमा भएको जनधनको क्षतिप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त


SHARES

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा परी भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले बुधबार राति आएको बाढी–पहिरोमा परी ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेका छन् । पुनले बाढी–पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्यलाई सरकारले अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छन् ।

साथै, बाढी–पहिरोको कारण विस्थापित भएकाको उचित राहत र घाइतेहरुको गुणस्तरीय स्वास्थ्य उपचारका लागि ध्यानाकर्षण गराएका छन् । उपराष्ट्रपति पुनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उपराष्ट्रपति पुनले देशले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहँदा वर्षा सुरु भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले विगत केही दिन यता देशका विभिन्न भागमा बाढी–पहिरोका कारण ज्यान गुमाउनुभएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढी पहिरोमा परी अहिलेसम्म दुईजनाको शव फेला परेका छ भने बेपत्ता २० जनाको पहिचान भएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV