चिनियाँ वैज्ञानिकले भने, 'वुहानमा भन्दा पहिले युरोपमा कोरोना भाइरस संक्रमण भएको पुष्टि'


SHARES

एजेन्सी । संसारभर अहिलेसम्म कोरोना भाइरसको सुरुवातको विन्दुको खोजी तिब्र गतिमा भइरहेको छ । अहिलेसम्म चीनको वुहानबाट कोरोना संक्रमण भएको मानिएको छ । तर, चिनियाँ वरिष्ठ वैज्ञानिकहरुको अध्ययनले चीनमा भन्दा युरोपका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण पहिल्यै भएको पुष्टि भएको छ । फ्रान्स, इटली, स्पेनलगायतका देशका ढलको पानीमा वुहानमा भन्दा महिनौँ पहिले नै कोरोना भाइरसको संक्रमण पाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको सुरुवातको विन्दुका विषयमा अध्ययन थालेसँगै चिनियाँ वैज्ञानिकले नयाँ तथ्य सार्वजनिक गरेका छन् । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार चिनियाँ वरिष्ठ वैज्ञानिक एवं स्वासप्रश्वास रोग विज्ञ डा. झाङ नैनसाङले वुहानमा भन्दा पहिले कोरोना संक्रमण युरोपेली देशमा फेला परेको बताएका छन् ।

डा. झाङले इटली, मिलान, पेरिसलगायतका ठाउँको ढलमा वुहानमा पहिलो संक्रमण देखिनुभन्दा पहिले नै कोरोना भाइरसको अंश पाइएको बताएका छन् । उनी भन्छन, हामीले गरेको अध्ययनमा कोरोना भाइरस पहिले देखि नै युरोपका विभिन्न ठाउँमा थियो । कयौँ वर्ष पहिलेदेखि नै त्यहाँ रहेको हुनसक्छ । तर, वुहानमा भन्दा पहिले कोरोनाको संक्रमण युरोपमा भएको थियो । ढलको पानीको अध्ययनबाट यो कुरा पुष्टि भएको छ ।

फ्रान्स, जर्मनी, स्पेन, इटलीलगायतका देशको अध्ययनमा पनि वुहानमा भन्दा पहिले युरोपमा कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । वैज्ञानिक झाङले पहिलेकै प्रमाणले पनि वुहानमा भन्दा कयौँ समय पहिला युरोपमा कोरोना भाइरस फैलिएको पुष्टि भएको बताएका छन् । तर यसतर्फ कसैले पनि ध्यान नदिएका कारण पछिमात्र संक्रमण पाइएको अध्ययनको निष्कर्ष छ ।

अध्ययनको निष्कर्ष सार्वजनिक भएसँगै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाङले कोरोना भाइरसको सुरुवातका विषयमा विश्वका वैज्ञानिकको टोली नै बनाएर गर्नुपर्नेमा जोड दिएका छन् । उनले विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरस चीनको वुहानमा पत्ता लागेको हुनसक्ने बताएका छन् ।

डब्ल्युएचओले चीनमा अध्ययन गरेपछि त्यहीँ टोलीले युरोपका विभिन्न शहरको पनि अध्ययन गर्नुपर्नेमा चीनले जोड दिएको छ । सन् २०१९ को डिसेम्बरमा मिलानमा कोरोना भाइरस फेला परेको थियो । फ्रान्सेली वैज्ञानिकले त नोभेम्बरमै फ्रान्समा कोरोना संक्रमण भइसकेको दावी गरिसकेका छन् ।
चीनमा कोरोना भाइरसको पहिलो संक्रमण ३१ डिसेम्बर सन् २०१९ मा भएको थियो । युरोपका अधिकांश देशमा सन् २०२० को जनवरीको अन्तिममा फैलिइसकेको थियो ।

स्पेनका अनुसन्धानकर्ताले सन् २०१९ को मार्चमा बार्सिलोनाको ढलको पानीमा कोरोना भाइरस फेला परेको बताएका छन् । त्यो समयमा कोरोना संक्रमण पुष्टि भएको थिएन । समाचार संस्था रोयटर्सका अनुसार फ्रान्स, नेदरल्याण्ड र अष्ट्रेलियाको ढलमा धेरै पहिले नै कोरोना फेला परेको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV