शान्ति सुरक्षा अनिवार्य शर्तः गृहमन्त्री थापा


SHARES

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । बिहीबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

संघीय संरचनाअनुसार प्रहरी समायोजन काम टुङ्गोमा छिटो पुग्नेगरी काम गर्नसमेत उनले निर्देशन दिए । “राज्यले विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो, विशेष ध्यान दिनुहोस्”, उनले भने ।

गृहसचिव महेश्वर न्यौपानेले पनि महानिरीक्षक क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिम वर्कमा काम गर्न निर्देशन दिए । महानिरीक्षक क्षेत्रीले आफू गृह मन्त्रालयप्रति आभारी रहेको र आफ्नो कार्यकालमा इमान्दारीपूर्वक राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV