पछिल्लो २४ घन्टामा १०८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,५३१ पुग्यो


SHARES

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय ८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा जम्मा १ सय ८ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप १ सय ८ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ७ हजार ८ सय ९१ जना उपचारपछि घर फर्किएका छन् भने ३५ जनाको ज्यान गएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV