गर्भवती श्रीमती सिन्धुली अस्पतालमा छाडेर भागेका श्रीमान् सम्पर्कमा


SHARES

सिन्धुली । सिन्धुली अस्पतालमा गर्भवती श्रीमती छाडेर भागेका श्रीमान् सम्पर्कमा आएका छन् । सिन्धुली अस्पतालका अस्पताल संचालक समितिका अध्यक्ष प्रह्लाद पोखरेलले गर्भवती महिलाका श्रीमान् अहिले सम्पर्कमा आएको जानकारी दिए ।

अस्पताल आएपछि उनले श्रीमतीको उपचारका लागि पैसा खोज्न गएको बताएका छन् । अहिले गर्भवती महिला सुत्केरी भइसकेकी छन् ।

अस्पतालमा श्रीमती सुत्केरी व्यथाले च्यापेर छट्पटिएको समयमा श्रीमानले छाडेर गएका थिए । पोखरेलले आर्थिक समस्या भएमा अस्पतालले अन्य व्यवस्थापन गर्ने गरेको जानकारी दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV