काठमाडौंमा थप ५ जनामा कोरोना संक्रमण


SHARES

काठमाडौं । काठमाडौंमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका छन् ।

मन्त्रालयका अनुसार केन्द्रीय प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पतालको प्रयोगशालामा एक एक जना र त्रिबि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैबीच पछिल्लो २४ घन्टामा १ सय ८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । देशभर संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

संक्रमितमध्ये ७ हजार ८ सय ९१ जना उपचारपछि घर फर्किएका छन् भने ३५ जनाको ज्यान गएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV