लकडाउनले चार महिनादेखि बसपार्कमा थन्किएका गाडी कवाडी बन्दै


SHARES

विराटनगर । लकडाउन (बन्दाबन्दी)ले चारमहिनादेखि बसपार्कमा थन्किएका गाडी कवाडी बन्दै गएका छन् । विराटनगर बसपार्कमा चार महिनादेखि थन्किएका बसका टायर चिरा पर्न थालेका छन् ।

लामो समयसम्म रोकेर एकै स्थानमा राखिएका बसका टायर काम नलाग्ने अवस्थामा पुगेको बताइएको छ । यातायात मजदुर घरमा भएका कारण रोकिएका गाडी ‘स्टार्ट’समेत गरिएको छैन । जसका कारण ब्याट्री बसिसकेको छ भने इन्जिनमा खिया लागिसकेको छ ।

बन्दाबन्दीको मार खेप्नुपरेका क्षेत्रमध्ये पर्यटनजस्तै यातायात क्षेत्रले ठूलो धक्का बेहोर्नुपरेपछि गाडीका सञ्चालकसमेत बसपार्क क्षेत्रमा आउनै नसक्ने अवस्थामा पुगेको बताउँछन् । बसपार्क टेक्न मन लाग्दैन, सुनौलो पूर्व नेपाल यातायात प्रालिका अध्यक्ष राजन कँडेलले भने, ‘बसपार्कमा बस रोकिएनन् मात्रै दैनिक खर्चसमेत बढाइरहेका छन् ।’ उनका अनुसार लामो समय रोकिएका गाडीको टायर, ब्याट्री, ब्यारिङ अनिवार्य फेर्नुपर्ने हुन्छ । इन्जिनमा आउने खराबीलाई मर्मत गर्नुपर्छ ।

बसपार्कका गाडी कवाडी बनिसकेको अध्यक्ष कँडेलको दाबी छ । विराटनगर बसपार्कबाट पाँच कम्पनीका छ सय गाडी देशका विभिन्न भागका लागि छुट्छन् । सुनौलो पूर्व यातायात प्रालिमा मात्र २५० भन्दा बढी गाडी आबद्ध छन् । त्यसबाहेक विराट मिनी यातायात, दिवा तथा रात्रि परिवहन सेवा, विराटेश्वर यातायात र सूर्योदय यातायातका गाडी विराटनगर बसपार्कलाई आधार बनाएर चल्ने गरेका छन् ।

सबै कम्पनीमा गरेर एक अर्ब २० करोड बराबरको लगानी छ ।
बन्दाबन्दीपछि बसपार्कमै थन्किएका गाडी पुनः चलाउनका लागि प्रत्येकमा दुई लाख ५० हजार रुपियाँको मर्मत खर्च आउने अर्का व्यवसायी राजु धमलाको भनाइ छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV