सराङकोटमा बर्थडे पार्टी राखिएको घर पहिरोले पुरियो, कम्तीमा ३ जनाको मृत्यु


SHARES

पोखरा । पोखरामा पहिरोका कारण चार जनाले ज्यान गुमाएका छन् ।

पोखरा महानगरपालिका वडा १८ साराङकोटको गोठादी भन्ने ठाउँमा गएको पहिरोमा पुरिएर कम्तीमा तीन जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रवक्ता डिएसपी सुभाष हमालका अनुसार टंक बहादुर थापाको घर पुरिएको हो । ‘घरमा जन्मदिन अवसरमा पारेर पार्टी जस्तो कार्यक्रम रहेछ, त्यसैले मृत्यु हुनेमा बाहिरबाट आउने समेत भएकोले सनाखत गर्ने कोसिसमा छौ’ प्रवक्ता हमालले नागरिकखबरसंग भने ।

घाइतेहरुलाई अस्पताल पुर्याइएको र उद्धार कार्य चलिरहेको उनले बताए । राति अन्दाजी साढे २ बजे घर पुरिएको हो ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेम्जामा घर पहिरोमा पुरिँदा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

– सांकेतिक तस्वीर


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV