सिन्धुलीमा लैङ्गिक हिंसासम्बन्धी ५५५ जनाले सेवा लिए : लक्ष्मी तामाङ (भिडियो)


SHARES

सिन्धुली । सिन्धुली अस्पतालभित्र एकद्वार संकट व्यवस्थापन केन्द्र छ । २०१७ बाट लैङ्गिक हिंसामा परेका पुरुष, महिला, बालबालिका र वृद्धलाई कानुनी (मानसिक सबै किसिमका हिंसा जन्य घटनामा यो ठाउँ) बाट परामर्श सेवा दिइँदै आएको छ ।

एउटै कोठाबट सबै किसिमको सेवा पाइने भएकाले यसलाई एकद्वार व्यवस्थापन भनिएको हो । यो अभियानको सुरुआत सिन्धुलीमा सिएमसीमा कार्यारत लक्ष्मी तामाङ लगायतको सक्रियताबाट भएको हो ।

सुरुमा सिन्धुली अस्पतालको मेडिकल सुपरिटेण्डेन्टको कोठाबाट परामर्श थालिएको यो अभियान अहिले जिल्लाभर छ । अहिले सिन्धुलीमाढीमा सिन्धुली अस्पताल हाताभित्रै एकद्वार संकट व्यवस्थापन केन्द्रको छुट्टै कार्यालय छ ।

लक्ष्मी तामाङ लगायतले परामर्श दिँदै आएका छन । अहिलेसम्म ५५५ बढीले आफुलाई आवश्यक परेको सेवा लिइसकेको सो कार्यालयले जनाएको छ ।

लामो समयसम्म सिन्धुलीमा रहेर लैङ्गिक हिंसाको बारेमा काम गरेकी लक्ष्मी तामाङ आफ्नो कार्यकाल सकाएर सिएमसी काठमाडौं फर्किएकी छिन । सिन्धुलीमा हिजो उनको अन्तिम दिन थियो । सो मौकामा उनकै कार्यालयमा गएर हाम्रा नागरिकखबर सहकर्मी दिपेश थापाले उनको सिन्धुली बसाई र लैङ्गिक हिंसाबारे अनुभव साट्न आग्रह गरेका थिए । हेरौं यो भिडियो–


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV