भारतीय सेनामा कार्यरत गोर्खाका शम्भु गुरुङको पाकिस्तानी सैनिकको आक्रमणमा मृत्यु


SHARES

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणबाट भारतीय गोर्खा सैनिकमा कार्यरत हवल्दार शम्भु गुरुङको मृत्यु भएको छ । ३/३ जिआरमा कार्यरत गोर्खाका गुरुङको पाकिस्तानी सेनाको आक्रमणबाट नौसेरा रजौरी सेक्टरमा मृत्यु भएको इन्डियन गोर्खाले जनाएको छ ।

नौसेरा सेक्टरमा ड्युटीको क्रममा रहेका गुरुङलाई पाकिस्तानी सेनाले गएराती चलाएको गोली लागेको भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले पुष्टि गरेका छन् । उनले हवल्दार गुरुङ एक इमान्दार र बहादुर सिपाही भएको बताएका छन् ।

गुरुङको शव आवश्यक प्रक्रियाका लागि नौशेरामा राखिएको छ । पाकिस्तानी सेनाले चलाएको गोली लागेर एक महिनाअघि गोर्खा आर्मीमा कार्यरत गुल्मीका एकजनाको मृत्यु भएको थियो ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV