जी न्युजका प्रधान-सम्पादकले मागे माफी, हटाए नेपालविरुद्धको ट्विट


SHARES

काठमाडौं । भारतीय पत्रकार सुधीर चौधरीले नेपाल मामिलामा गरेको ट्विट हटाएका छन् । नेपाल र भारतबाट चर्को आलोचना भएपछि नेपाल मामिलामा गरेको टिप्पणी माफी मागेर हटाएका हुन् । नेपाल र भारतका हजारौँले चौधरीको अभिव्यक्तिमा आपत्ति जनाएका थिए । 

जी न्युजका प्रधानसम्पादक चौधरीले नेपालमा भारतीय न्युज च्यानल प्रतिबन्धपछि नेपाल भारतीय समाचार वाचकसँग डराएको र सेनाको आवश्यकता नै नपरेको भन्दै टिप्पणी गरेका थिए । उनको टिप्पणीमा हजारौँले असहमति जनाएपछि बाध्य भएर ट्विट हटाएका हुन् ।

ट्विट हटाउँदै उनले लेखेका छन्, 'मैले गरेको ट्विटले नेपालका दर्शकलाई चोट पुगेको छ । भारतबाट पनि धेरैले गलत गरेको भनेर मलाई लेखेका छन् । मैले आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभिव्यक्तिका लागि हो कसैलाई चोट पुर्याउनका लागि होइन । त्यसैले मैले दुख व्यक्त गर्दै ट्विट हटाएको छु ।'

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूतलाई गलत तरिकाले प्रस्तुत गरेर जी न्युजले नै भिडियो रिपोर्ट बनाएको थियो । अन्य भारतीय सञ्चारमाध्यमले पनि नेपालविरुद्ध गलत सन्देश प्रशारण गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीबारेको आपत्तिजनक रिपोर्ट बनाएकोमा जिन्युजले माग्यो माफी

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV