प्रधानमन्त्री ओलीबारेको आपत्तिजनक रिपोर्ट बनाएकोमा जिन्युजले माग्यो माफी


SHARES

एजेन्सी । भारतीय न्युज च्यानल जिन्युजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर बनाएको रिपोर्टका बारेमा माफी मागेको छ ।

प्रधानमन्त्री ओली बारे बनाएको आपत्तिजनक भिडियो रिपोर्टलाई लिएर टेलिभिजनले माफी मागेको हो । नेपालमा भारतीय न्युज च्यानल बन्द गरिएपछि जिन्युजले माफी मागेको छ ।

जिन्युजले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएकाले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलबस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ती स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शीर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’

यसअघि जिन्युजका प्रधानसम्पादक सुधीर चौधरीले पनि आफूले ट्विटमा गरेको नेपाल सम्बन्धि टिप्पणीमा माफी मागेर स्टाटस हटाएका थिए ।

जी न्युजका प्रधान-सम्पादकले मागे माफी, हटाए नेपालविरुद्धको ट्विट

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV