भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइन्न


SHARES

काठमाडौं । रतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइनन् । यस्ता स्क्यान्डलले पीत पत्रकारिता बढिरहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले गत वर्ष कडा ध्यानाकर्षण गराएको थियो ।

त्यसले पेसा, सम्बन्धित संस्था र सर्वसाधारण तीनै पक्षलाई हानि पुग्ने अदालतको ठहर थियो । फैसलामा भनिएको थियो, ‘प्रेस स्वतन्त्रता सर्वोच्च त हो, तर त्यो एकतर्फी हुनु हुँदैन ।’ ‘द वायर’ न्युज पोर्टलले गरेको अपिलमा न्यायाधीशहरू अरुण मिश्र, एमआर शाह र बीआर गवाईको इजलासले उक्त फैसला सुनाएको थियो ।

‘द वायर’ का पत्रकारलाई गृहमन्त्री अमित शाहका छोरा जे शाहले मानहानीको मुद्दा हालेका थिए । बीजेपीले सरकारको नेतृत्व गर्न थालेपछि शाहको कम्पनीको कारोबारमा अत्यधिक वृद्धि हुन थालेको भन्ने समाचारमा उनको घोर आपत्ति थियो ।
शाह मात्र होइनन्, उनी जस्ता कैयौं हाई प्रोफाइल व्यक्तिका निजी जीवनलाई लिएर पनि भारतीय मिडियाले धेरै स्क्यान्डल फैलाएको पाइन्छ ।

जसमध्ये शिना बोराको हत्याकाण्ड एक हो । यी युवतीको हत्या आरोप उनकै आमा इन्द्रणी मुखर्जीलाई लाग्यो । इन्द्रणी स्टार टीभीका प्रमुख पिटर मुखर्जीकी पत्नी थिइन् । मुखर्जीको पारिवारिक सम्बन्ध एकदमै जेलिएको थियो । इन्द्रणीले आफ्नो पहिलो पतिबाट छोरी विधि भएको बताएकी थिइन् । विधिको बहिनी शिना र भाइ मिखायल पनि छन् भन्ने थाहा दिइनन् ।

शिना पिटरको पहिलो पत्नीको छोरा राहुलसँग प्रेम सम्वन्धमा रहेकाले घुमफिरमा जान थालिन् । शिनाले एक दिन पिटरलाई आफू इन्द्रणीको बहिनी नभई छोरी भएको बताइन् । त्यस दिनदेखि उनी गायब भइन् । त्यसपछि भारतीय मिडियाले उनको ‘मर्डर मिस्ट्री’ का कहानी आफू अनुकूल प्रसारण गर्न थाले ।

टेलिभिजनहरूले निकै आक्रामक ढंगमा मनगढन्ते समाचार प्रस्तुत गरे । रिपोर्टरले उनीहरूका आफन्त, छिमेकी, पूर्वपति, पत्नी, साथीलगायतकालाई धेरै पछ्याउन थाले । आरोपितको अनुहार बारम्बार देखाइयो । पीडितको व्यक्तिगत परिवारको विवरणमा बारम्बार छलफल चलाइयो । फरेन्सिक विज्ञलाई स्टुडियोमा बोलाएर प्रश्न सोधियो ।

पूर्वप्रहरी अधिकारीहरूलाई पनि बोलाएर घटनाको विवरण मागियो। तथ्यमा आधारित रहनुभन्दा मानिसले गरेका कुराकानी र अनुमानलाई समाचारको विषय बनाइयो । सन् २०१७ मा भारतको रिपब्लिक टीभीले जामा मस्जिदका प्रमुख इमाम बुखारीसँग सुविधासम्पन्न गाडीहरू किन्न पैसा भएको तर, मस्जिदको विद्युत् शुल्क तिर्ने पैसा नभएको भन्दै समाचार प्रसारण गरेको थियो ।

त्यसैगरी अर्को च्यानल आजतकले साउदी अरबका पुरुषलाई अत्यधिक भोक लागेमा आफ्नै पत्नीलाई नै खान पाउने व्यवस्था लागू भएको भन्दै सनसनी मच्चाएको थियो ।

वर्षको सुरुआतमै जी न्युजले प्रसारण गरेको एक समाचारले पनि सबैलाई चकित तुल्याएको थियो । मुम्बई आक्रमणका मास्टरमाइन्ड दाउद इब्राहिमको १५ हजार करोडको सम्पत्ति दुबईमा जफत गरिएको उक्त समाचारमा जनाइएको थियो । समाचार प्रसारण भएको दुई सातापछि दुबईका अधिकारीहरूले समाचारलाई आधिकारिक रूपमा खण्डन गरेका थिए ।

रामनाथ कोभिन्ड भारतको १४औं राष्ट्रपति बनेपछि एकै मिनेटमा ट्विटरमा उनका ३२ लाख ५० हजार फलोअर भएको समाचार पनि जी न्युजले नै देखाएको थियो । रिपब्लिक टीभीले भने एक घण्टामा कोभिन्डले ३० लाख फलोअर कमाएका समाचार प्रसारण गर्‍यो । ती तथ्यांक झुटा थिए । जब कि टाइम्स अफ इन्डिया, इकोनोमिक टाइम्स, फाइनान्सियल एक्सप्रेसलगायतले तिनै काल्पनिक समाचारलाई पछ्याएका थिए ।

भारतमा कोरोना महामारीकै अवस्थामा पनि यस्ता थुप्रै सनसनीपूर्ण र भ्रामक समाचारहरू प्रचारप्रसारमा आए । प्रमाणित नै नभएका घरेलु उपचार विधिहरू, नक्कली सरसल्लाह, षड्यन्त्र सिद्धान्तहरूबारे नक्कली समाचार फैलिन थाले । मार्च ७, २०२० मा प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीसँग सम्बन्धित कुनै पनि अफवाहलाई विश्वास नगर्न अपिलै गर्नु परेको थियो । त्यसैगरी प्रेस सूचना ब्युरोले मार्च २४ मा भारतमा लगाइएको आर्थिक आपत्कालसम्बन्धी समाचारहरू नक्कली रहेको तथ्य जाँचपछि बाहिर आएको थियो ।

‘विकृत पत्रकारिता रिपोर्टिङले झुटा आशा र अनावश्यक डर पैदा गर्न सक्छन् ’ उत्तर क्यारोलिना विश्वविद्यालयका डेभिड एफ रन्सोहफ र क्लिभल्यान्ड क्लिनिक फाउन्डेसनका रिचार्ड एम रन्मोहफले आफ्नो एक अनुसन्धान प्रस्तुतिमा उल्लेख गरेका छन् ।

करिब एक दशक अगाडि दक्षिण भारतीय अंग्रेजी पत्रिका डेक्कन क्रोनिकलले हिन्दु धार्मिक नेताहरूविरुद्ध सार्वजनिक घृणाको अभियान नै चलायो । करिब ११ लाख पाठकमाझ पुग्ने उक्त पत्रिकाकै कारणले कानुनको स्वतन्त्र व्याख्या गर्दै सीआईडीले गैरकानुनी रूपमा धार्मिक गुरु परमहंश नित्यानन्दलाई बिनापुर्जी पक्राउ गरेको थियो । पत्रिकाले हिन्दु आध्यात्मिक नेताहरू विरुद्ध सार्वजनिक घृणा उत्पन्न गराउन नित्यानन्दलाई झुटो बलात्कारको आरोप लगाइएको थियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV