कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै : अमेरिका र भारतमा 'रेकर्ड ब्रेक' (सूचीसहित)


SHARES

एजेन्सी । पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । एकदिनमा २ लाख ३६ हजार ९ सय १८ जनामा कोरोना संक्रमण भएको छ । दुई दिनअघि संक्रमितको संख्या २ लाख २३ हजार ६ सय ४० थियो । हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ ।

पछिल्लो २४ घन्टामा अमेरिकामा ७१ हजार ७ सय ८७ र भारतमा २७ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । एकदिनमा यी दुवै देशमा देखिएको संख्या अहिलेसम्मकै उच्च हो । ब्राजिलमा ४५ हजार २ सय ३५, दक्षिण अफ्रिकामा १२ हजार ३ सय ४८, रसियामा ६ हजार ६ सय ३५ र मेक्सिकोमा ७ हजार २ सय ८० जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको संक्रमण अन्त्य गर्न मुस्किल भएको जनाएको छ । इमर्जेन्सी कार्यक्रम प्रमुख डा. माइक रायनले भने, अहिले जुन स्थितिमा कोरोना भाइरस देखिएको छ, त्यसलाई हेर्दा कोरोना भाइरसलाई निमिट्यान्न पार्न सकिन्छ जस्तो मलाइ लाग्दैन ।’

संसारका विभिन्न देशले स्वतन्त्रता वा सामान्य जीवनयापन वा आर्थिक अवस्थामा सुधार ल्याउन भन्दै लकडाउनलाई खुला गरेकाले यस्तो अवस्था आएको विज्ञहरुले बताएका छन् । उनीहरुले स्वास्थ्य सुरक्षा सतर्कता नअप्नाइएका कारणले गर्दा संसारभर कोरोनाले भयावह अवस्था निम्ताएको बताएका छन् ।

पछिल्लो २४ घन्टामा कहाँ कति थपिए ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV