कोरोना संक्रमणबाट काठमाडौं मेडिकल कलेजमा एक बिरामीको मृत्यु


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा रहेका एक बिरामीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. मुकुन्द जोशीले जानकारी दिए ।

मिर्गौलाको समस्या भएपछि त्रिबि शिक्षण अस्पतालबाट केएमसी रेफर गरिएको थियो । भेन्टिलेटरमा उपचार भइरहेको समयमै उनमा स्वासप्रश्वासमा समस्या देखियो । त्यसपछि स्वाब परीक्षणका लागि पठाइएको थियो । नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV