श्रीमतीको हत्या आरोपमा श्रीमान र नन्द पक्राउ


SHARES

संखुवासभा । धर्मदेवी नगरपालिका–९ मुलगाउँकी ५० वर्षीया मनमाया जिमीको हत्या गरेको आरोपमा उनका पति र नन्द पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मृतका पति रुद्रबहादुर जिमी र नन्द कुमारी जिमी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए ।

घरबाट घाँस काट्न गएकी मनमाया भोलिपल्टसम्म नआएपछि रुद्रबहादुरले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजी गर्दा मुलगाउँ नजिकैको जंगलमा विभत्स हत्या गरेको अवस्थामा शव फेला पारेको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका रुद्र र कुमारीलाई नियन्त्रण लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV