३३ किलो सुन प्रकरण : युएईमा पक्राउ परेका आरोपीलाई ल्याइयो काठमाडौं


SHARES

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा युएईमा पक्राउ परेका एक आरोपीलाई नेपाल ल्याइएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा रेडकर्नर नोटिस जारी भएपछि २०७५ माघमा हरिशरण खड्का यूएईमा समातिएका थिए । त्यहाँ आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनलाई शनिबार काठमाडौं ल्याइएको हो । खड्कासहित तस्करी प्रकरणमा संलग्न १२ जनाविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी भएको थियो ।

काभ्रेका ४२ वर्षीय खड्का एक दशकयता युएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गए पनि पछिल्ला वर्षहरुमा उनी जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २०७३ पुस २१ गते बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV