बागमती नदीले बगायो बाँध, स्थानीय चिन्तित


SHARES

सर्लाही । सर्लाही र रौतहटको सिमाना भएर बग्ने बागमती नदीमा आएको बाढीले रहथवा नगरपालिका–१ हजरिया खर्सालघाटमा बाँध भत्काएर खेत कटान गर्न थालेपछि स्थानीय चिन्तित भएका छन् ।

केही दिनको लगातार वर्षापछि आएको बढीले खर्सालघाटमा भर्खरै बनाएको बाँध बगाएको हो । उक्त डाइभर्सन नगर पालिकाले १५ लाख रुपैयाँको लागतमा बनाएको थियो । बजेट सकाउने बहानामा हतारमा कमजोर संरचना बनाउँदा बाढीको एकै झट्काले बगाएको बरहथवा–१ का बेनीकुमार रायमाझी बताउँछन् ।

त्यस्तै, प्रदेशसभा सदस्य वीरेन्द्र सिंहको निर्वाचन क्षेत्र विकास कोषको २५ लाख रुपैयाँबाट नदी नियन्त्रण गर्न १२ सय मिटर बाँध निर्माण गरिएको थियो । उक्त बाँध पनि बाढीले बगाएर १०० मिटर मात्र बाँकी रहेको छ ।

बाँध भत्काएपछि बाढीले उखु, धान र मकै बाली लगाएको खेतीयोग्य जमिन कटान गरिरहेको बरहथवा–२ का जोखु सहनीले बताए। उनका अनुसार नदीमा पानीको बहाव बढ्दै जाँदा बरहथवा नगरपालिकाको वडा नम्बर १, ३, ४, १४ र १५ का बस्तीहरु समेत जोखिममा परेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV