जम्बुमा बेपत्ताको खोजी जारी, एकको जीवितै उद्धार


SHARES

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जनाको खोजी जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ उत्पन्न भएको छ ।

शनिबार पनि बेपत्ताको खोजी राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहितका सुरक्षाकर्मीबाट भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । लगातारको वर्षाले आएको बाढीपहिरोबाट जिल्लामा हालसम्म ५२ घरमा क्षति पुगेको छ ।

जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको प्रजिअ ढकालले जानकारी दिए ।

यसैबीच शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको जीवितै उद्धार गरिएको रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले जानकारी दिए ।

उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा दुई सामान्य घाइते भएका थिए । जिल्लामा बेपत्ताको सङ्ख्यामा २१ पुगेको प्रहरीले जनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV