कोरोनाबाट थप तीनजनाको मृत्यु : ज्यान गुमाउनेको संख्या ३८ पुग्यो


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका तीनसहित अहिलेसम्म ३८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

काठमाडौं शंखमुलका एकजना पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा २६ गते मृत्यु भएको छ । त्यस्तै सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको पनि पाटन अस्पतालमै उपचारका क्रममा २५ गते ज्यान गएको छ ।

काठमाडौं गोकर्णेश्वरका ५४ वर्षीय पुरुषको भने काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको जानकारी दिए । संक्रमितमध्ये ८ हजार ४ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV