ललितपुरको महालक्ष्मीमा एकैदिन २१३ जनाको पिसिआर परीक्षण


SHARES

ललितपुर । महालक्ष्मी नगरपालिकामा पिसिआर परीक्षण तीव्र बनाइएको छ । नगरपालिकाको समन्वयमा शनिबार एकै दिन २१३ जनाको परीक्षण गरिएको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।

महालक्ष्मी नगरपालिकामा २३ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमितको नजिकमा रहेको आशंका गरिएका ७४ जना र समुदायका १३९ जनाको पिसिआर परीक्षण गरिएको हो ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना परीक्षण गरिएको हो,’ प्रमुख श्रेष्ठले भने, ‘समुदायमा समेत परीक्षण गरिएकाले थप संक्रमण हुने छैन भन्ने विश्वास लिएका छौं ।’

यहाँका संक्रमितहरु विदेशबाट फर्केका, अन्य रोगको उपचारका लागि अस्पताल गएका, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र काठमाडौंबाट अन्य जिल्लामा प्रवेश परीक्षा दिन जान लागेका विद्यार्थीहरु रहेका बताइएको छ ।

प्रमुख श्रेष्ठले डा नम्बर ७, ८ र ९ मा कडाइ गरेको बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV