१२० दिनदेखि एयरपोर्टमा फसे विदेशी, यसरी बिताउँदैछन् दैनिकी


SHARES

एजेन्सी । कोरोना भाइरसका कारण मानिसहरुको दैनिकी नै बदलिएको छ । यसले सिंगो समाजलाई नै ठप्प बनाएको छ । भाइरसका कारण कतिपय देशहरुमा मानिसको लाशको थुप्रो लागेको छ । भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउनका कारण कतिपयको जागिर गएको छ । यात्रामा रहेका कतिपय यात्रुहरु गन्तब्यमा पुग्न नसकेर ठूलो कष्टमा छन् । यिनै मध्ये एक जनाका बारेमा यहाँ चर्चा गर्न गइरहेका छौं ।

मनिला इन्टरनेशनल एयरपोर्टमा एक यात्रु विगत १ सय २० दिनदेखि थुनिएका छन् । आफ्नो देश फर्कने सबै उडानहरु बन्द भएपछि उनी त्यही थुनिएका हुन् । उनले आफू घर फर्किन मानिसहरुसँग मद्दत पनि मागेका छन् । ती यात्रुले आफू २० मार्चदेखि मनिला एयरपोर्टमा फँसेको सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

रोमन ट्रपिव नामका यी यात्रु मार्च २० मा बैंकक पुगेका थिए तर उनलाई आफ्नो देशमा प्रवेश निषेध गरियो किनकी फिलिपिन्सले सोही दिनबाट भिसा इन्ट्रीमा रोक लगायो । यसकारण दुर्भाग्यवश उनी त्यहि रोकिन बाध्य भए । न त उनलाई फिलिपिन्सभित्रै जान दिइएको छ न त उनको घर युरोपको इस्टोनिया नै फर्किन दिइएको छ । इस्टोनिया जाने सम्पूर्ण फ्लाइट्स् पनि रद्द भएका छन् ।

उनले एयरपोर्टमा बिताएका दैनिकीका बारेमा पनि पोस्ट गरेका छन् । उनी एयरपोर्टमा कसरी सुतेका छन् र खानाका लागि त्याहाँका कर्मचारीहरुको भर पर्नु परेको भन्ने पनि खुलाएका छन् । ती व्यक्तिले आफ्नो स्टोरी सेयर गर्दे एयरपोर्टमा सन् १९८८ देखि २००६ सम्म फँसेका इरानी शरणार्थी मेहरान करिमीको बारेमा चर्चा गर्दै सामाजिक सञ्जालमा सेयर गरेका छन् । ती शरणार्थीमाथि एक फिल्म पनि बनेको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV