साझा पार्टीका आचार्य र खनालले पार्टी छोडे


SHARES

काठमाडौं । साझा पार्टीका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले आइतबार पार्टी छोडेका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा दुबैजनाले पार्टीबाट अलग्गिने बताएका हुन्।

फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेपछि त्यसमा असहमति जनाउँदै उनीहरूले पार्टी छोडेकाे बताइएकाे छ । ११ साउन २०७४ मा पनि पार्टी एकता गरेका साझा र विवेकशील २७ पुस २०७५ मा फुटेको थियो । बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको छ । साथै आचार्य र खनाललाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।

रविन्द्र मिश्र भन्छन्, ‘साझा पार्टी राजनीतिक रुपमा तेस्रो पार्टी हो,’ स्रोतका अनुसार लुम्बिनी भेलामा फरक मत राखेका खनाल र आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव गरेका थिए । तर पार्टी नेतृत्व अहिलेको संरचना कायम राख्दै एकता गर्दै जाने पक्षमा उभिएपछि उनीहरु असन्तुष्ट बनेका हुन् ।

असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठीक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय गरेको थियो । उक्त निर्णय पश्चात आचार्य–खनालले पुरानै पार्टीसँग मिलेर जानुको कुनै अर्थ नहुने भन्दै पार्टीबाट बाहिरिएका हुन् ।

सहप्रवक्ता सरदराज पाठकले भने,‘केन्द्रीय बैठकले उहाँहरुको अहिलेसम्मको योगदानलाई धन्यवाद दियो, पार्टीभन्दा बाहिर रहेर सघाउने बताउँदै उहाँहरु बाहिरिनुभएको हो । वैकल्पिक पार्टी बनाउने उहाँहरुको इच्छा छैन, पार्टी संरचना बाहिर बसेर सहयोग गर्ने भन्नुभएको छ ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV