बाढी आउँदा यसरी चम्कियो कमलामाई मन्दिर


SHARES

  • दिपेश थापा

सिन्धुली । कमला नदीको उद्गमस्थल मानिने कमलामाइ–५ मा पर्ने माइस्थान मन्दिर साँझमा झिलिमिली देखिन्छ । आज साँझपख सिन्धुलीमा ठूलो पानी परेपछि ग्वाङ्गखोला र कमलाखोला उर्लिएको छ ।

दुबैतिर बाढी गइरहँदा माइस्थान पुलबाट चम्किलो मन्दिरको दृश्य कैद गरिएको छ । धार्मिक आस्थाको केन्द्र यो मन्दिरमा मानिसहरुको ठूलो आस्था छ ।

बिपी राजमार्ग छेउमै पर्ने भएकाले पनि हुनुपर्छ, यात्रामा रहनेहरु पनि मन्दिर दर्शन गरेर अगाडि बढ्ने चलन छ । विवाह लगायतका शुभकार्यमा यो मन्दिर बरले पूजापाठ गरेर अगाडि बढ्दा यात्रा सफल रहने बिश्वास छ ।

मन्दिर उज्यालो पार्ने काम समाजसेवी उज्ज्वल विक्रम थापाले थालेका थिए । हाइवेमा यात्रा गर्नेलाई एक पटक रोकिन बाध्य पार्ने उनको योजना थियो ।

अहिले उक्त बत्तीलाई मर्मतको जिम्मा कमलामाइ–५ वडाले लिएको छ ।

 

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV