भरुवा बन्दुकसहित रामेछापका एकजना पक्राउ


SHARES

रामेछाप । रामेछाप नगरपालिका–६ डाङसिंटारका ४० वर्षीय ईन्द्रबहादुर थापा मगर भरुवा बन्दुकसहित पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।

थापा मगरले मकै बारीमा बाँदर धपाउनका लागि भरुवा बन्दुक पड्काउने क्रममा बन्दुकको छर्रा लागेर सोही ठाउँका १९ वर्षीय आकाश आले मगर घाइते भएको थियो । यही सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV