सरकारले टुकुचा खोलाको संरक्षण गर्ने


SHARES

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ ।

बगबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लानअनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताए । उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताए ।

मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिने गरी काम हुने स्पस्ट पारे । उनले टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइने बताइन् ।

अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दाया र बाया ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजनाअनुसार एसियाली विकास बैंकसँग मिलेर काम गरिने बताए । उनले बागमती प्रदेशका सांसद केशव स्थापितले सांसद विकास कोषबाट डेमोस्ट्रेसन गरेका र त्यसलाई हेरेर एडीबीको सहयोगमा डिपिआर तयार गर्ने विषयमा छलफल भइरहेको बताए ।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीयहरु पनि उत्साहित भएका छन् । खोलामा बढ्दै गएको प्रदूषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफूहरुले पनि सहयोग गर्ने स्थानीयले बताएका छन् । स्थानीय मधुसुदन तण्डुकारले कसैलाई पनि असर नगर्ने गरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफूहरुको पूर्ण सहयोग रहने बताए ।

खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डिपिआरलाई अन्तिम रुप दिइने भएको छ । सुन्दर सहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालीन योजनासहित काम गरिरहेको एकीकृत बागमती अयोजनाले जानकारी दिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV