काकाको हत्या अभियोगमा कास्कीमा भूपू शिक्षक पक्राउ


SHARES

पोखरा । कास्कीको मादी घामनुङमा आफ्नै काकाको हत्या गरेको आरोपमा एक जना पूर्व शिक्षक प्रक्राउ परेका छन् ।

मादी गाउँपालिका–४ का नवराज सापकोटालाई नाताले काका पर्ने ८० वर्षीय पिताम्बर सापकोटाको हत्या अभियोगमा कास्की प्रहरीले प्रक्राउ गरेको हो ।

असार २७ गते वेलुका पिताम्बर र अर्का ७७ वर्षीय केशवराज सापकोटालाई खुकुरी प्रहार गर्दा पिताम्बरको ज्यान गएको र केशबराज घाइते रहेको प्रहरीले बताएको छ ।

घटनाको भोलिपल्ट पोखराको कसेरीबाट उनलाई प्रक्राउ गरिएको थियो । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा चलाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुभाष हमालले जानकारी दिए ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV