सल्यानका ३१ जना कोरोना संक्रमित डिस्चार्ज


SHARES

सल्यान । सल्यानका ३१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । लुहापिङको आइसोलेसनमा रहेका उनीहरुलाई सोमबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

संक्रमणमुक्त हुनेमा कुमाख गाउँपालिकाका १५, वनगाड कुपिण्डे नगरपालिकाका नौ, शारदा नगरपालिकाका तीन र बागचौर नगरपालिकाका दुईजना रहेका छन् । यस्तै, दार्मा गाउँपालिका र कपुरकोट गाउँपालिकाका एक एकजना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यलय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।

योसँगै सल्यानमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २०८ पुगेको छ । फोकल पर्सन पुनका अनुसार बाँकी १७ जना विभिन्न आइसोलेसनमा रहेका छन् । जसमध्ये लुहापिङको आइसोलेसनमा ७ जना, वनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा ९ जना र छत्रेश्वरी गाउँपालिकाको आइसोलेसनमा एकजना रहेका छन् । सल्यानमा २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV