आजदेखि सञ्चालनमा आयो मयुर यातायात


SHARES

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुर यातायात प्रालीले भने बस सेवा सुरु गरेको छ ।

सोमबारदेखि तीन वटा बसबाट सेवा शुरु गरिएको प्रालीले जनाएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो ।

सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालीले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालीका सञ्चालक दीपक भण्डारीले बताए ।

पहिलो दिनमा काठमाडौं–बनेपा र चक्रपथ रुटमा बस चलेको छ । उनका अनुसार प्रालीले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ । उनले भने, “मंगलबार र बुधबारदेखि नै अरु बस थप्दै जानेछौँ ।” बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्ययवसायी राष्ट्रिय महासंघले गरेको मागमा सो प्रालीले पनि समर्थन गरेको जनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV