काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण


SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भक्तपुरका १ जना, ललितपुरका ५ जना र काठमाडौंका १ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

उनले नयाँ १ सय ४४ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको जानकारी दिए । संक्रमितमध्ये १० हजार दुई सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको ज्यान गएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV