सिन्धुलीबाट रिफर गरिएका बिरामीमा कोरोना, धुलिखेल अस्पतालको भेन्टीलेटरमा उपचार


SHARES

  • दिपेश थापा

सिन्धुली । सिन्धुली अस्पतालमा चेकजाँच गराएका एक बिरामीलाई धुलिखेल अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ ।

कोरोना संक्रमण देखिएका जटिल अवस्थामा मात्रै भेन्टिलेटर आवस्यक हुने चिकित्सकहरुको भनाइ छ ।

सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले सिन्धुलीमा चेकजाँच गरेर धुलिखेल पठाएको बिरामीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको बताए ।

भारतबाट आएका उनी सुनकोसी गाउँपालिका–६ का ३५ वर्षीय पुरुष हुन् ।

उनलाई बोक्ने एम्बुलेन्स चालकलाई क्वारेन्टाइनमा बस्नु भनिएको सिन्धुली अस्पतालले जनाएको छ ।

अस्ति बिहिबार उनलाई सिन्धुली अस्पताल ल्याइएकोमा अस्पतालले शुक्रबार बिहान धुलिखेल पठाएको थियो ।

सिन्धुली अस्पतालका अध्यक्ष पोख्रेलका अनुसार, उनलाई सुरक्षित रूपमा अस्पतालमा राखेर चेकजाँच गरिएको थियो ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV