सीमा क्षेत्रका भारतीय बाँध, तटबन्ध हटाउन सरकारलाई निर्देशन


SHARES

काठमाडौं । संसदीय समितिले सीमा नजिक बनेका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरु तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय मापदण्ड विपरीत सीमा नजिकैका क्षेत्रहरुमा निर्माण भएका सडक, बाँध, तटबन्धलगायतका भौतिक संरचनाहरुलाई तत्काल हटाउन पहल गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

सीमा नजिक बनेका संरचनाहरुले नेपालतर्फ डुबान परेकाले त्यस्ता संरचनाहरुलाई तत्काल हटाउनुपर्ने समिति सभापति शशी श्रेष्ठले बताइन् । समितिले भू–बनोटको जाँच गरी उच्च जोखिममा रहेका बस्तीहरुलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्न समेत निर्देशन दिएको छ । यस्तै, डुवानमुक्त घरको नमुना तयार गरी एकीकृत वस्ती बसाल्न आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको सभापति श्रेष्ठले बताइन् ।

बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी समाधानका लागि कार्ययोजना वा गुरुयोजना तयार गर्न समेत निर्देशन दिएको छ । समितिले बाढी, पहिरो र डुबानबाट पर्न सक्ने असरलाई तत्काल व्यवस्थिगत गर्न स्थानीय तहमा श्रोत साधनसहितको विपद व्यवस्थापन कार्यालयको स्थापना गर्न समेत निर्देशन दिएको छ । बाढी, पहिरो र डुबानबाट बेपत्ता भएका हरुको तत्काल खोजी उद्धार गर्ने र बाढीबाट प्रभावित सम्पूर्ण पीडितहरुलाई विभिन्न तहहरुको समन्वयद्धारा एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

समितिले बाढी प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवा तथा सरसफाइ, सर्पदंश तथा अन्य औषधि उपचारको अवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएको छ । विपदको समयमा हुनसक्ने सम्भावित चोरी डकैती, बलात्कार र महिलामाथि हुन सक्ने हिंसाका घटनाहरुप्रति सजग रही भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन समेत गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै, नेपालमा बन्दै गरेका लोकमार्गको वैज्ञानिक व्यवस्थापन गरी राजमार्ग जोड्ने सडकहरु, पानीधारलाई समानान्तर बनाउने, रेलमार्ग तथा सडकमा निश्चित दूरीमा पानीको निकासका लागि साइफन कलभर्ट र सडक किनारमा नालाहरु अनिवार्य बनाउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV