चार महिनापछि अष्ट्रेलियामा फर्कियो फुटबल


SHARES

एजेन्सी । अष्ट्रेलियामा चार महिनापछि फुटबल फर्किंदै छ । जुलाई १७ देखि त्यहाँको टप फुटबल लिग (ए लिग) सुरु हुँदैछ । फुटबल फेडेरेशन अफ अस्ट्रेलिया (एफएफए) ले सोमबार उक्त जानकारी दिएको हो ।

बिहीबारदेखि सुरु हुने भनिए पनि मेलबर्नमा कोरोना संक्रमण देखिएपछि एकदिन पछि सारिएको हो । तीन टिम मेलबर्न भिक्ट्री र वेस्टर्न युनाइटेड तथा मेलबर्न सिटी सिड्नीमा रोकिएका थिए । यी तीनवटै टिमलाई १४ दिन क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमणका कारण दर्शकको संख्या भने नियन्त्रण गरिएको छ । ४५ सयभन्दा बढी दर्शकलाई मैदान प्रवेश गर्न नदिइने जनाइएको छ ।

सिड्नी एफसी र वेलिग्टन फिक्सीबीच पहिलो खेल हुँदैछ । यद्यपि, अघिल्लो पटक सार्वजनिक तालिकामा भने भेलबर्न भिक्ट्री र वेस्टर्न युनाइटेडबीच प्रतिष्पर्धा गर्ने कार्यतालिका रहेको थियो । क्वारेन्टाइनका कारण सेडुअल परिवर्तन गरिएको हो ।

अहिले सबै टिमका खेलाडी तथा पधाधिकारीहरुको कोरानो परिक्षण गरिरहेको छ । यदि सबै टिमको रिपोर्ट नेगेटीभ आएको खण्डमा मंगलबारबाट सबै टिमले सामुहीक अभ्यास सुरु गर्ने छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV