नवजात शिशुको शव भनेर भयो पोष्टमार्टम : नतिजा यस्तो रहस्यमय..... (तस्बिरसहित)


SHARES

एजेन्सी । गाउँमा शव फेला परेको सूचना प्राप्त हुँदासाथ पुलिसले सडेको नवजात शिशुको शव भन्दै पोष्टमार्टमका लागि अस्पताल पठायो । अस्पतालले पनि तत्काल पोष्टमार्टम सुरु गर्यो । पोष्टमार्टमको समयमा चिकित्सकहरु नवजात शिशुको शरीरबाट कपास र कैची निस्किएपछि हैरान भए । शव नभएर गुडिया भएको रहस्य सार्वजनिक भयो ।

भारतको महाराष्ट्रको बुलढाणा जिल्लामा यो अनौठो घटना सार्वजनिक भएको हो । यो अनौठो घटनाको चर्चा अहिले भारतीय मिडियामा छ । पुलिसले झुक्काउनेगरी नदीमा यो गुडिया फाल्ने व्यक्तिको खोजी गरेको छ । पुलिसलाई झुक्काउनेगरी गुडिया फालेको निष्कर्षमा पुलिस पुगेको छ ।

शव फेला परेको भन्दै गाउँलेले खबर गरेपछि घटनास्थलमा पुगेको पुलिसले आवश्यक मुचुल्का तयार गरेर शव उठाएको थियो । शवलाई पोष्टमार्टमका लागि स्थानीय सरकारी अस्पतालमा पठाएर पुलिस घटनाका दोषी खोज्न अनुसन्धानमा जुटेको थियो ।

पुलिस अधिकारी एसएल चौहानले ७८ महिनाको बच्चाको शव देखेर गाउँलेले खबर गरेको र आफूहरु पुगेर त्यसलाई अस्पताल पठाएको जानकारी दिए । पुलिसले शव पठाएपछि दुई दिनसम्म शिशुको शव फाल्ने व्यक्तिको खोजी गर्यो । त्यहीँ बेलामा अस्पतालबाट मानव शरीर नभएर गुडिया फेला परेको बताएपछि अनुसन्धानमा संलग्न पुलिस अधिकारी आश्चर्यमा परेका चौहानले बताए । उनले फोहोर बस्तु लागेकाले नवजात शिशु जस्तो देखिएको बताए ।

शवको पोष्टमार्टम गर्ने चिकित्सकले १० जुलाइको दिन बिहान एक नवजात शिशुको शव पोष्टमार्टमका लागि ल्याएको र आफूले तत्काल नै पोष्टमार्टम सुरु गर्दा यस्तो आश्चर्यजनक घटना सार्वजनिक भएको बताए । उनले आफूले प्लाष्टिक, माटो, कपासलगायतका बस्तु फेला पारेको बताए । उनले सयौँ पोष्टमार्टम गरेपनि अहिलेसम्म यस्तो घटना नदेखेको जानकारी दिएका छन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV