कांग्रेस नेता कोइराला भन्छन्- जिम्मेवारी के हो भन्ने भारतले नेपाली मिडियाबाट सिक्नुपर्छ


SHARES

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले मिडियाको जिम्मेवारीबारे भारतले नेपाली मिडियाबाट सिक्नुपर्ने बताएका छन् ।

भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामग्री प्रशारण गर्नु दुःखद् भएको टिप्पणी गरेका छन् ।

‘केही भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामग्री प्रसारण गर्नु दुःखद् कुरा हो’ उनले ट्विटरमा लेखेका छन्, ‘मिडियाको जिम्मेवारी उनीहरूले नेपालबाट सिक्नुपर्ने देखिन्छ ।’

भारतीय सञ्चार माध्यमले नेपाल र नेपाली नेतृत्वको विषयमा झुटा र उच्छृंखल सामग्री प्रसारण गरेपछि नेपालले ‘प्रोटेस्ट नोट’ पठाइसकेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV