अयोध्याका सन्तले जारी गरे धर्मादेश : 'एक महिनाभित्रै ओलीलाई सत्ताबाट झार्ने आन्दोलन सुरु हुन्छ'


SHARES

एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका विषयमा दिएको अभिव्यक्तिप्रति अयोध्याका सन्तले आपत्ति जनाएका छन् । राम दल ट्रष्ट अयोध्याका अध्यक्ष रामदास महाराजले ओलीविरुद्ध नेपालमै प्रदर्शन गर्ने चेतावनी दिएका छन् । उनले भोलिदेखि आफ्ना लाखौँ शिष्यले नेपालमा प्रदर्शन गर्ने बताएका छन् ।

रामदास महाराजले एक महिनाभित्र ओलीलाई कुर्सीबाट उतार्ने बताए । उनले भने, 'मेरा लाखौँ शिष्य नेपालमा छन् । भोलिदेखि नै भक्तहरु सडकमा प्रदर्शन गर्छन् । नेपालका प्रधानमन्त्री केपी ओलीलाई एक महिनाभित्र कुर्सीबाट हटाउनुपर्छ । म धर्मादेश जारी गर्छु, मेरा सबै शिष्य सडकमा उत्रिनुस् र अ‍ोलीलाई सत्ताबाट बाहिर पठाउनुस् ।'

रामदास महाराजले विश्वको सांस्कृतिक राजधानी अयोध्या भएको बताए । उनले वेद, पुराण र रामायणमा उल्लेख भएको सरयु नदी नेपालमा नभएको पनि बताएका छन् । उनले चक्रवर्ती सम्राट भारतको उत्तर प्रदेशको अयोध्याका महाराज भएको बताएका छन् ।

धर्मगुरु महन्त परमहंसले प्रधानमन्त्री ओली नेपाली नभएको बताएका छन् । उनले ओलीले नेपाललाई पाकिस्तान जस्तै भिखारी बनाउन लागेको आरोप पनि लगाएका छन् । राम मन्दिर ट्रष्टका सदस्य महन्त दिनेन्द्र दासले अयोध्याको विषयमा गलत बोलेर ओलीले गल्ती गरेको टिप्पणी गरेका इण्डिया टुडेले जनाएको छ ।

यो पनि हेर्नुस्

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भाजपाले भन्यो, 'भारतलाई चोट पुर्‍याउने आश्चर्यजनक कदम'

भारतमा रहेको अयोध्या नक्कली हो, सक्कली नेपालमा छ : प्रधानमन्त्री ओली

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV