फिप्नाको सहयोगमा राक्सीराङका ६० चेपाङ परिवारलाई राहत वितरण


SHARES

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)को सहयोगमा मकवानपुरको राक्सीराङ गाउँपालिका ५ स्थित ६० चेपाङ परिवारलाई राहत वितरण गरिएको छ ।

चामल एक बोरा, २ किलो दाल, एक लिटर तेल, एक प्याकेट नुन प्रति परिवार वितरण गरिएको हो ।

सो सामग्री वितरणका लागि राक्सीराङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष चन्द्रसिंह चेपाङ र देवराज प्रजा चेपाङले स्थानीय रुपमा व्यवस्थापन गरेका थिए ।

नेपाल चेपाङ संघ वाग्मती प्रदेश समितिका अध्यक्ष खुसीलाल चेपाङ र शिक्षक देवराज प्रजा चेपाङ तथा सञ्चारकर्मी ज्योती कुमार श्रेष्ठले समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।

कोरोनाको कहरमा फिप्नाले गरिब, पीडित तथा लगायत आदिवासी जनजाति समुदायमा राहत वितरण गर्दै आएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २१ गते, बुधबार

menu LIVE TV