कैंची र काइयोसँगै आन्दोलनमा उत्रिए नाई श्रमिक


SHARES

काठमाडौं । प्रत्येक नाई श्रमिक (कपाल काट्ने)लाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउनुपर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् ।

लकडाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लकडाउन अवधिको प्रतिमहिना २५ हजार रुपैयाँका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन् ।

नेपाल नाई ट्रेड युनियनले मंगलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ । तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र पसल तथा कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लकडाउन अवधिमा प्रतिमहिना २५ हजार रुपैयाँका दरले दिनुपर्ने, देशभरिका श्रमिकहरुलाई निःशुल्क पिपिई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख रुपैयाँ बराबरको जीवन बिमाको व्यवस्था गर्नुपर्ने माग गरे ।

सरकारले लकडाउनको समय बढाउँदै लगेपछि घर जान पनि नपाएको र व्यवसाय समेत सञ्चालन गर्न नसक्दा समस्या भएको उनको भनाइछ । स्थानीय सरकारहरुले राहत वितरण गरे पनि मतदाता परिचयपत्र साथमा नभएका कारण आफूहरुले पाउन नसकेको उनले बताए ।

पटक पटक सरकारलाई आफ्ना समस्या सुनाउँदा पनि सम्बोधन नभएको अध्यक्ष ठाकुरको गुनासो छ । १० अर्ब रुपैयाँभन्दा बढी रकम सरकारले खर्च गरेको बताए पनि आफूहरुले १० रुपैयाँको राहत समेत नपाएको उनले बताए । आफ्ना मागहरु पूरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने तयारी भएको ठाकुरको भनाइ छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV