भाडा छुटको माग गर्दै सिभिल मलका व्यापारीको आन्दोलन


SHARES

काठामाडौं । सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पूरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालकविरुद्ध आन्दोलनमा उत्रिएका छन् । सिभिल मल व्यापार संघका उपाध्यक्ष धनवीर श्रेष्ठले लकडाउन अवधिको पूरै भाडा छुट गर्नुपर्ने माग गर्दै १० दिन यता प्रदर्शन गरिरहेको बताए ।

उनले मल सञ्चालकले वार्ताका लागि अहिलेसम्म नबोलाएको र सञ्चालकसँग समझदारी नहुँदासम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

व्यापारीहरुले लकडाउन अवधिभर पसल खोल्न नपाएको भन्दै उक्त अवधिको पूरै भाडा छुट दिनुपर्ने बताएका छन् । उनीहरुले लकडाउन खुलेपछि पनि व्यापार नभएकाले भाडा तिर्न नसक्ने बताएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV