सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई आदिवासी जनजाति महिलाको सहयोग « Nagarik Khabar

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई आदिवासी जनजाति महिलाको सहयोग



काठमाडौं । यही असार २५ गते सिन्धोपाल्चोक जिल्लाको बाह्रबिसेमा बाढीपहिरोका पीडित परिवारलाई राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले एक÷एक लाख आर्थिक सहयोग गरेका छन् ।

आज एक कार्यक्रमका बीच ती संस्थाहरुका प्रतिनिधिहरुद्वारा बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जी शेर्पा र उपमेयर शुसीला पाख्रिनको रहोबरमा प्रभावित क्षेत्रका लागि उक्त रकम हस्तान्तरण गरिएको थियो । साथै, आदिवासी जनजाति महिलाहरुका यी संस्थाहरुले बाढीपहिरो जस्तो प्राकृतिक विपद्मा रहेको सम्पूर्णमा धैर्य धारण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासहित मृतकहरु हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अबिरल बर्षाका कारण बाढीपहिरोमा परी बाह्रबिसेमा २ जनाको मृत्यु भएको छ भने ३७ घरधुरी बगाएको थियो भने २१ जना बेपत्ता भएका छन् । पहिरोमा परी ७ दिनकी सुत्केरी सहित ६ जना उपचाररत रहेका छन् । त्यसैगरी २३ घरधुरी अहिले पनि बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: