कोरोनाको कहर: औषधि लिन संघारमा पुगेका बेला भयो मृत्यु, पाँच घन्टासम्म शव उठ्न सकेन


SHARES

एजेन्सी । संसारभर कोरोना भाइरसको महामारीको त्रास छ । कुनै व्यक्तिलाई कोरोना संक्रमणको आशंका भएमा ती व्यक्तिलाई कसैले पनि हेर्दैनन् । उनीसँग टाढा भाग्छन् । नेपालसँग सीमा जोडिएको भारतको बिहारमा एउटा दर्दनाक तस्बिर भाइरल बनेको छ ।

एक वृद्ध स्वासप्रश्वासमा समस्या देखिएपछि औषधि लिनका लागि मेडिकल पुग्छन् । औषधि पसलेले ढिलोगरी औषधि दिएका थिए । हातमा लिएको औषधि झोलामा राख्न नपाउँदै उनको मृत्यु हुन्छ । उनको शव घन्टौँसम्म संघारमै रह्यो । औषधि पसलले समयमै औषधि दिएको भए ती व्यक्तिले ज्यान गुमाउनु पर्दैनथ्यो भनेर चर्चा परिचर्चा गरिएको छ ।

औषधि पसले पनि ती व्यक्तिले कोरोनाको लक्षण बताएसँगै ढिलोगरी औषधि दिएर पसल नै छाडेर भागेका थिए । स्वास लिन अप्ठयारो भएका ती वृद्धले औषधि पसलको संघारमै संसार छाडे । औषधि छरपष्ट भयो ।

बिहारको भागलपुरको यो घटनाको घन्टौँपछि मात्र पुलिस पुगेर शव उठाएको थियो । बुधबार बिहान १०:३० बजे यो घटना भएको थियो । बेलुकी ५ बजेमात्रै मृतकको शव उठाइएको थियो । मृतकको पहिचान पनि भएन । पुलिसले कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर पठाएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV