कोरोना संकटका बीच चीनमा ३ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि


SHARES

एजेन्सी । चालु आर्थिक वर्षमो दोस्रो त्रैमासमा चीनले ३ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा कोरोना भाइरस (कोभिड–१९) को असरका बीचमा प्रकाशित गरिएको दोस्रो त्रैमासिक विवरणमा कुल ग्राहस्थ उत्पादन (जीडिपी) मा ३ दशमलव २ प्रतिशतले वृद्धि भएको देखाइएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उद्गमस्थल चीनमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीडिपी उच्च गतिमा तल झरेको थियो । तर दोस्रो त्रैमास अर्थात अप्रिलदेखि जुनसम्मको समयमा चिनियाँ अर्थतन्त्रले पुनः रफ्तार लिएको हो ।

चीनको केन्द्रीय तथ्याङ्क विभागले जारीको गरेको आंकडालाई विश्वले नै सूक्ष्म तरिकाले अध्ययन गरिरहेको बताइएको छ ।

कोरोना संकटका बीच देखिएको भी सेपको आर्थिक वृद्धिले चीन ठूलो प्राविधिक मन्दीबाट समेत जोगिएको चिनियाँ विश्लेषकहरुले बताएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV