आज १६७ जनामा कोरोना संक्रमण पुष्टि


SHARES

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पुनः बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

मन्त्रालयका अनुसार केही दिनअघि दुई अंकमा रहेको संक्रमितको दर गत सोमबारदेखि पुनः तीन अंकमा पुगेको छ । बुधबार ११६ जनामा संक्रमण देखिएको थियो । प्रवक्ता डा. गौतमका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा १ हजार ९१५ र बागमती प्रदेशमा ४२८ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३८५, प्रदेश नम्बर ५ मा ४५८, कर्णाली प्रदेशमा ३१९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३८४ जना संक्रमित उपचाररत रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका २७ वटा प्रयोगशालामा चार हजार ९८१ जनाको पिसिआर परीक्षण गरिएको छ ।

बिहीबारसम्म देशका विभिन्न क्वारेन्टाइनहरुमा २३ हजार ५०० जना रहेका छन् । आइसोलेसनमा ६ हजार ५६ जना रहेको प्रवक्ता गौतमले जनकारी दिए ।

पछिल्लो २४ घण्टामा २१३ जनाले कोरोना जितेको छन् । जससँगै संक्रमणमुक्त हुनेको संख्या ११ हजार २४९ रहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV